साउदी अरबमा ३३ नेपाली कैदीलाई आममाफी: रमजानको पावन अवसरमा भयो रिहाइ, नेपाल सरकारद्वारा धन्यवाद ज्ञापन!
barnanmedia.com · Wed Jul 01 10:34:56 GMT 2026

काठमाडौँ — मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलहरूमा कैद भुक्तान गरिरहेका ३३ जना नेपाली नागरिकहरूलाई आममाफी (Royal Pardon) प्रदान गरेको छ। साउदी सरकारको यस परोपकारी कदमको स्वागत गर्दै नेपाल सरकारले औपचारिक रूपमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालय र रियादस्थित नेपाली दूतावासको निरन्तर कुटनीतिक प्रयास र सहजीकरणका कारण विभिन्न ससाना कसुरमा जेल परेका नेपालीहरूले यो उन्मुक्ति पाएका हुन्। साउदी अरबका राजा र स्थानीय प्रशासनले हरेक वर्ष रमजान र इदको अवसरमा असल चालचलन भएका विदेशी तथा स्थानीय कैदीहरूलाई सजाय मिनाहा गर्ने परम्परा अनुसार यसपटक ३३ नेपाली परेका हुन्।
Read full story at source (barnanmedia.com)