‘बन्न सक्छ सगरमाथाको बेसक्याम्प मर्दी’
ratopati.com · Sat Aug 22 13:12:17 GMT 2026
पोखरा । उमेरले ५६ टेकेका क्षेत्रबहादुर गुरुङले ५ हजार ५ सय ८७ मिटर उचाइको मर्दी हिमाल सहजै आरोहण गरे ।
हिमाल चढेर फर्किएपछि आफ्ना समर्थकलाई उनले भने, ‘मर्दी चढेपछि हिमालतिर मोहनी लागेको छ । फेरि अवसर आयो भने यो भन्दा अग्ला हिमाल चढ्छु ।’ उनले यसलाई अग्ला हिमाल चढ्ने पाइलाका रूपमा लिएका छन् । ‘यो मर्दी हिमाल विश्वकै आरोहीका लागि तालिम केन्द्र बन्न सक्छ,’ उनले भने, ‘मर्दी सगरमाथाको बेसक्याम्प बन्न सक्छ ।’ ८ हजार मिटर भन्दा अग्ला हिमाल चढ्नेहरूलाई मर्दीमा तालिम सञ्चालन गर्ने गरी एकेडेमी निर्माण गर्नुपर्ने गुरुङको सुझाव छ ।
Read full story at source (ratopati.com)