विशेष अदालतमा नयाँ नेतृत्वसँगै भ्रष्टाचार मुद्दा सुनुवाइमा नयाँ सिफ्ट, पशुपतिको भ्रष्टाचारमा तानिए सुदन किराती
barnanmedia.com · Sat Aug 22 15:27:16 GMT 2026

पशुपति क्षेत्रमा शवदाह मेसिन खरिद तथा जडानका क्रममा भएको भ्रष्टाचारमा तत्कालीन पर्यटनमन्त्री सुदन किराती पनि तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किरातीलाई मुद्दामा विपक्षी नबनाएको भए पनि विशेष अदालतले नै उनलाई झिकाएको हो । अख्तियारले अनुसन्धान र अभियोजन गर्ने क्रममा निष्पक्षता अपनाएको नपाइएपछि विशेष अदालतले आफैँ तत्कालीन मन्त्री किरातीलाई कठघरामा उभ्याउने गरी आदेश दिएको हो ।
शुक्रबार विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले यो आदेश जारी गरेको हो । सामान्यतः अख्तियारले अभियुक्त कायम नगरेका व्यक्तिका हकमा विशेष अदालत पनि चुप लाग्ने गरेको थियो । अभियोग लगाउने निकायले नै अभियुक्त कायम नगरेपछि अदालतले किन टाउको दुखाउने भनेर न्यायाधीशहरु पन्छिने गरेका थिए । त्यो परम्परामा क्रमभंग गर्दै विशेष अदालतले यो बिरलाकोटीको आदेश जारी गरेको हो ।
Read full story at source (barnanmedia.com)