महाअधिवेशन भन्दा बाहिरबाट नेतृत्व परिवर्तनको पक्षमा छैनौँ : महासचिव पोखरेल 
nagariknews.nagariknetwork.com · Sat Aug 22 15:24:31 GMT 2026

नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाअधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तनको पक्षमा आफूहरू नरहेको बताएका छन्।
शनिबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो बताएका हुन्। ‘संस्थागत प्रक्रियाभन्दा बाहिरबाट नेतृत्व परिवर्तनको पक्षमा आफूहरू छैनौँ,’ पोखरेलले भने, ‘पार्टीको महाअधिवेशन र नेतृत्व परिवर्तनको विषय सामाजिक सञ्जालले तय गर्दैन।’ पोखरेलले कतिबेला एमालेको महाअधिवेशन हुन्छ भन्ने विषय एमालेको केन्द्रीय कमिटीले निर्णय गर्ने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)