एमाले कमजोर भए देश कमजोर हुन्छ: अध्यक्ष ओली
ratopati.com · Sat Aug 22 15:42:19 GMT 2026

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको नगरकोटमा आयोजित दुईदिने ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ को उद्घाटन गरेका छन्। नगरकोटस्थित रिसोर्टमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले कमजोर भए देश नै कमजोर हुने धारणा राखे।
देश सङ्कटबाट गुज्रिरहेको अवस्थामा पार्टीलाई बलियो बनाएर अगाडि बढाउन सके मात्र देश बलियो हुने उनले बताए। पार्टी कमजोर बनाउन खोज्ने तत्वहरूले यस्ता कुरा बुझ्नुपर्नेमा उनले जोड दिए। व्यक्तिगत स्वार्थ र दोषारोपणबाट माथि उठेर पार्टी र देशको हितका लागि सोच्नुपर्ने बेला आएको भन्दै उनले पार्टीलाई बलियो बनाउन सबै जनसङ्गठन एक हुनुपर्ने बताए।
Read full story at source (ratopati.com)