हेटौँडा कपडा उद्योगले २६ वर्षपछि पायो पुनर्जीवन
barnanmedia.com · Sat Aug 22 16:20:26 GMT 2026

हेटौँडा कपडा उद्योगमा अहिले परीक्षण उत्पादन भइरहेको छ । ४८८ वटा कपडा बुन्ने तान मेसिनमध्ये मर्मतपछि १० वटाले उत्पादन गर्न सक्ने निचोडसहित परीक्षण उत्पान भइरहेको हो । अन्य मेसिनको पनि मर्मत कार्य भइरहेको अहिलेको अवस्थामा थप १० वटा मेसिन कपडा उत्पादनका लागि तयारी अवस्थामा छन् ।
हाल चलिरहेका १० वटा मेसिनमा पनि ३ वटालाई स्वचालित बनाइएको छ भने अरू मेसिन पनि स्वचालित बनाउने गरी नै मर्मत भइरहेको मर्मत कार्यमा संलग्न नेपाली सेनाको सेनाको उत्पादन निर्देशनालयले जनाएको छ ।
Read full story at source (barnanmedia.com)