कृष्णभीर पहिरो : पृथ्वी राजमार्ग खुलाउन तत्काल नयाँ ट्रयाक, दीर्घकालीन समाधान सुरुङमार्ग !
lokaantar.com

कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन तत्काल अस्थायी संरचना निर्माण गरिने भएको छ । यस्तै, दीर्घकालीन समाधानका लागि सुरुङ तथा बाइपास सडकको विकल्पमा अध्ययन हुनेछ ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका विविध उपायबारे छलफल भएको जानकारी दिए । मन्त्रालयमा मंगलबार बसेको बैठकले राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापनाका लागि हिलसाइडमा रहेको ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माण अघि बढाउने निर्णय भएको उनले जानकारी दिए ।
Read full story at source (lokaantar.com)