कम्युनिस्ट एकताको कुरा सोध्नेलाई मैले महामहिम ओलीजीले बोलेको शब्द पठाइदिएँ : माधव नेपाल
nepalpress.com · Wed Jul 01 11:12:40 GMT 2026

काठमाडौं । नेकपाका सहसंयोजक माधव नेपालले कम्युनिस्ट पार्टीको बीचमा एकता गर्न सम्भव नभएको बताएका छन्। पोखरामा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै अहिले एकताको कल्पना नगर्न पार्टीपंक्तिलाई आग्रह गरे।
उनले भने, ‘म आउँदै थिएँ, एक जना कार्यकर्ता फोन गरेर मलाई सोधे कमरेड, एकता के भइराछरु मैले गजब भइराखेको छ भनेँ। फेरि सोधे के गजब भइराखेको छ भनेर ? मैले पढाइदिए एकता गर्ने नेताले बोलेको शब्द, अहिले कम्युनिस्ट पार्टीको बीचमा एकता गर्न सम्भव छैन, महामहिम केपी शर्मा ओलीजी, त्यसो हुनाले यो कसैले अहिले कल्पना नगरे हुन्छ।’
Read full story at source (nepalpress.com)