‘वर्ल्ड एथ्लेटिक्स कन्टिनेन्टल टुर शिल्भर २०२६’ मा सन्तोषीले जितिन् कांस्य
onlinekhabar.com · Sat Aug 22 17:11:46 GMT 2026
६ भदौ, काठमाडौं । भातरको भुवनेश्वरमा शनिबार भएको ‘वर्ल्ड एथ्लेटिक्स कन्टिनेन्टल टुर शिल्भर २०२६’ मा नेपालकी सन्तोषी श्रेष्ठले महिला ५००० मिटर दौडमा कांस्य पदक जितेकी छिन् ।
सन्तोषीले निर्धारित दूरी १७ मिनेट ३१.७५ सेकेण्डमा पूरा गर्दै कांस्य जितेकी हुन् । यस विधामा केन्याकी डिएना वान्जाले स्वर्ण र भारतकी भारतीले रजत जितिन् । वान्जाले १५ मिनेट १६.११ सेकेण्ड तथा भारतीले १५ मिनेट ४६.४५ सेकेण्डमा निर्धारित दूरी पूरा गरिन् ।
Read full story at source (onlinekhabar.com)