पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् , निगमलाई पाक्षिक १ अर्ब २४ करोड घाटा
barnanmedia.com · Wed Sep 02 00:35:30 GMT 2026

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भए पनि निगमले मूल्य समायोजन नगर्ने निर्णय गरेको हो।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट भदौ १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३.३४ रुपैयाँ, डिजेलमा ४.३३ रुपैयाँ, मट्टितेलमा १०.१९ रुपैयाँ र हवाई इन्धनमा ४.९६ रुपैयाँले मूल्य बढेको छ। एलपी ग्यासमा पनि प्रतिसिलिन्डर ३५.६२ रुपैयाँले मूल्य बढेर आएको छ।
Read full story at source (barnanmedia.com)