सुनकोशी र बुढीगण्डकीमा सतर्कता तह पार, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह
nepallive.com · Wed Sep 02 00:48:00 GMT 2026

काठमाडौं– सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदी र गोरखाको आरुघाटस्थित बुढीगण्डकी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाले दुवै नदीका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
बुधबार बिहान ६ बजेको मापनअनुसार सुनकोशी नदीको खुर्कोट जलमापन केन्द्रमा जलसतह ७.६२ मिटर पुगेको छ। उक्त केन्द्रको सतर्कता तह ७.५० मिटर र जोखिम तह ८.६० मिटर रहेको छ।
Read full story at source (nepallive.com)