ताप्लेजुङ गोल्डकपः फाइनल पुग्न फिदिम र झापा ११ खेल्दै
gorkhapatraonline.com · Wed Sep 02 00:57:03 GMT 2026
ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा बुधबार दोस्रो सेमिफाइनल खेल हुने भएको छ । प्रतियोगिताको फाइलनमा पुग्नलाई पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा ११ एफसीबिच खेल हुने भएको हो ।
फिदिम स्पोर्टिङ क्लब र झापा ११ को सेमिफाइनल खेल दिउँसो ३ बजे हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । समितिका अध्यक्ष सागर मादेनका अनुसार काठमाडौँको चित्लाङ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा चार–तीन गोलअन्तरले पराजित गर्दै फिदिम सेमिफाइनलमा पुगेको थियो ।
Read full story at source (gorkhapatraonline.com)