पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
ratopati.com · Sat Aug 22 20:14:21 GMT 2026

झापा । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ ।
प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषि उपज सामग्री नेपाल भित्रिएको हो । आयातित कृषि वस्तुमध्ये सबैभन्दा ठुलो हिस्सा खाद्यान्न र दलहनको रहेको उहाँले बताउनुभयो । भारतबाट रु २४ करोड २३ लाख १३ हजारको चामल र कोदो रु १८ करोड ८३ लाखको आयात भएको छ ।
Read full story at source (ratopati.com)