साप्ताहिक राशिफल : कस्तो रहला यो साताको तपाईंको भाग्य ?
ratopati.com · Sat Aug 22 21:00:00 GMT 2026

भाद्र ७ गते आइतबारदेखि १३ गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले धर्म तथा अध्यात्म क्षेत्रसँग सम्बन्धित यात्रा हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासिल गर्न सकिनेछ । शेयर बजार, व्यापार, उद्योगमा लगानी गरी लाभ लिन सकिनेछ भने धनधान्य तथा सुखमा वृद्धि हुनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । साताको अन्ततिर प्रविधिको प्रयोग गरी अध्ययन वा कामलाई निरन्तरता दिन सकिनेछ । कामको खोजीमा हुनेहरूले नयाँ काम पाउने तथा गरिरहनेहरू बढुवा हुन सक्ने योग रहेको छ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा पैतृक धन सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ ।
Read full story at source (ratopati.com)