बागलुङ नगरपालिकाको प्राथमिकता पूर्वाधार विकास, पर्यटन र शिक्षा
barnanmedia.com · Wed Jul 01 11:41:06 GMT 2026

बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आज नीति तथा कार्यक्रम ल्याएको छ । देशैभरका स्थानीय तहले असार १० गते नै नीति तथा कार्यक्रम र बजेट ल्याए पनि बागलुङ नगरपालिकाले विभिन्न समस्याका कारण ल्याउन सकेको थिएन । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहले असार १० गते नै नीति तथा कार्यक्रम ल्याएका थिए ।
देशैभरबाट २५ स्थानीय तहले असार १० गते बजेट ल्याउन सकेका थिएनन् । त्यसमध्ये बागलुङ नगरपालिका पनि एक हो । नगरप्रमुख वसन्तकुमार श्रेष्ठले आज प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ ।
Read full story at source (barnanmedia.com)