गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम
nagariknews.nagariknetwork.com · Wed Jun 10 01:59:49 GMT 2026

वर्षौंदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन्। माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर सुधार र अतिरिक्त आम्दानी समेत गर्न सकिने भएपछि गड्यौला मलप्रति किसानको चासो बढ्न थालेको हो। यस्ता किसानहरूलाई थप उत्प्रेरित गर्न शुक्लाफाँटा नगरपालिकाले किसानलाई गड्यौला मल उत्पादनसम्बन्धी सीप हस्तान्तरण गर्ने अभियान थालेको छ।
नगरपालिकाको ‘एक वडा, एक उद्यम’ कार्यक्रमअन्तर्गत गैरसरकारी संस्था निड्स नेपालको सहकार्य तथा समन्वयमा हालै २५ जना किसानलाई तीनदिने सैद्धान्तिक र प्रयोगात्मक तालिम दिइएको छ। तालिममा गड्यौला मल उत्पादन प्रक्रिया, महत्त्व, व्यावसायिक सम्भावना तथा बजारीकरणका उपायबारे जानकारी गराइएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)