सहरमा सवारीसाधनको चाप,समाधानको आधार चोक सुधार
gorkhapatraonline.com · Sun Aug 23 00:29:24 GMT 2026

सहरी क्षेत्रमा सवारीसाधन तीव्र रूपमा बढ्दै जाँदा प्रदूषण र ट्राफिक जाम मुख्य चुनौती बनेको छ । यसले नगरवासीको स्वास्थ्य र दैनिकीमा गम्भीर असर पारिरहेको छ । उपत्यका तथा ठुला सहरको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) हानिकारक तहमा पुगेको तथ्याङ्क छ ।
पुराना र अत्यधिक सवारीसाधनले विषाक्त धुवाँ फाल्दा श्वासप्रश्वास, मुटुरोग र मानसिक तनावका बिरामी बढेका छन् । त्यसै गरी जथाभाबी हर्न बजाउने प्रवृत्तिले सहरीक्षेत्र कोलाहलपूर्ण बन्दै गएको छ । सडकको क्षमताभन्दा बढी सवारीसाधन हुँदा दैनिक घन्टौँ जाम हुन्छ । काठमाडौँ उपत्यकामा अहिले दुईदेखि तीन किलोमिटर यात्रा गर्दा करिब १० मिनेट जाममा बस्नुपर्ने बाध्यता छ । यसले समय र इन्धन दुवैको बर्बादी गराइरहेको छ । काठमाडौँलगायत मुलुकका अन्य सहरमा पनि जाम र सवारीसाधनबाट सृजित प्रदूषण घटाउन यहाँका चोकको सुधार आवश्यक रहेको सरोकारवालाको सुझाव छ ।
Read full story at source (gorkhapatraonline.com)