परीक्षणबिनै सोझै थालमा पुग्छ विषादीयुक्त तरकारी
annapurnapost.com · Sun Aug 23 00:40:24 GMT 2026

काठमाडौं : बिहानको उज्यालोसँगै बजारमा तरकारीका थुप्रा सजिन्छन्। हरिया साग, चम्किला गोलभेँडा, ताजा काउली, आलु, बन्दा तथा अन्य तरकारीले उपभोक्तालाई आकर्षित गर्छन्। तर, खेतबाट बजार हुँदै हाम्रो भान्सासम्म आइपुग्ने यी तरकारीमा विषादीको अवशेष कति छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ।
तरकारी किन्नुअघि उपभोक्ताले प्रायः त्यसको रङ, ताजापन र मूल्य मात्र हेर्छन्। आँखाले देख्न नसकिने विषादीको अवशेषबारे उनीहरूसँग न त पर्याप्त जानकारी हुन्छ, न त परीक्षणको सहज पहुँच नै। यही अवस्थाका कारण पर्याप्त विषादी परीक्षणबिनै ठूलो परिमाणमा तरकारी बजार हुँदै सोझै उपभोक्ताको भान्सासम्म पुगिरहेको छ।
Read full story at source (annapurnapost.com)