इरानले भूमिगत क्षेप्यास्त्र उत्पादन केन्द्रको भिडियो सार्वजनिक गर्यो
nepalviews.com · Sun Aug 23 00:52:02 GMT 2026

एजेन्सी । इरानको सरकारी टेलिभिजनले इरानी सशस्त्र बलका प्रमुख अफ स्टाफ अली अब्दुल्लाहीले भूमिगत ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन केन्द्रको भ्रमण गरेको भिडियो सार्वजनिक गरेको छ। बीबीसी फारसीका अनुसार भ्रमणका क्रममा उनले पछिल्लो एक वर्षमा इरानको क्षेप्यास्त्र भण्डारमा ‘उल्लेख्य’ वृद्धि भएको बताएका छन्।
इरानी सरकारी टेलिभिजनले ४० दिन लामो युद्ध सुरु भएयता इरानले आक्रमणकारी ड्रोनको उत्पादन ‘तीन गुणा’ बढाएको दाबीसमेत गरेको छ। अमेरिका र इजरायलसँग युद्ध सुरु भएको केही महिनापछि पनि इरानको बाँकी सैन्य क्षमताको स्पष्ट तस्वीर सार्वजनिक हुन सकेको छैन।
Read full story at source (nepalviews.com)