रोगले सुक्न थाल्यो धान
gorkhapatraonline.com · Sun Aug 23 00:57:25 GMT 2026

धानबालीमा विभिन्न रोगकिराको समस्या देखिन थालेपछि सल्यानका किसान चिन्तित छन् । जिल्लाका कालीमाटी, त्रिवेणी, छत्रेश्वरीलगायतका क्षेत्रमा किसानले लगाएको धानबालीमा रोगकिरा देखिन थालेका हुन् । धान खेतीमा गबारो किरा, पात बेरुवा, पतेरा र फड्के किराको समस्या देखिएको सम्बन्धित क्षेत्रका कृषि प्राविधिकले जनाएका छन् ।
समस्या देखिन थालेपछि कृषि विकास कार्यालय सल्यानले चासो देखाएको छ भने सम्बन्धित पालिकाका कृषि शाखाबाट समेत किसानको धान खेतमा प्राविधिक खटाइएका छन् । कालीमाटी गाउँपालिका–२ र ५ का विभिन्न फाँटमा धानबालीमा किराले क्षति पु¥याउन थालेपछि कृषि प्राविधिक खेतमै पुगेर अनुगमन गर्नुका साथै नियन्त्रणका उपायबारे कृषकहरूलाई परामर्श दिएका छन् ।
Read full story at source (gorkhapatraonline.com)