पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
khabarhub.com · Sun Aug 23 01:06:27 GMT 2026

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ ।
प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२÷८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषिउपज सामग्री नेपाल भित्रिएको हो । आयातीत कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको उहाँले बताउनुभयो । भारतबाट २४ करोड २३ लाख १३ हजारको चामल र कोदो १८ करोड ८३ लाखको आयात भएको छ ।
Read full story at source (khabarhub.com)