संस्कृति जोगाउन मात्रै कोदो खेती
gorkhapatraonline.com · Sun Aug 23 01:30:01 GMT 2026

पूर्वी नेपालका लिम्बूबहुल क्षेत्रमा विगतमा प्रमुख खाद्यान्न बालीका रूपमा व्यापक रूपमा कोदो खेती गरिन्थ्यो। तर किसानहरू आम्दानीमुखी नगदेबालीतर्फ आकर्षित हुँदै गएपछि कोदो खेती क्रमशः घट्दै गएको छ।
पछिल्लो समय विशेषगरी पाँचथर, ताप्लेजुङ, तेह्रथुम र इलामका लिम्बू समुदायले मात्र सीमित क्षेत्रमा कोदो खेती गर्ने गरेका छन्। रोपिने कोदो पनि अधिकांशतः खानका लागि नभई देवतालाई चढाउनका लागि उत्पादन गरिन्छ। आफूले नखाए पनि परम्परादेखि मान्दै आएका देवतालाई कोदो चढाउनुपर्ने लिम्बू सांस्कृतिक परम्परा रहेको छ।
Read full story at source (gorkhapatraonline.com)