कानुनतः 'नफुटेको पार्टी' नेकपामा किन चलिरहेछ 'कारबाही'को शृंखला?
nepallive.com · Sun Jan 24 17:47:00 UTC 2021
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल पक्षबीच एकले अर्को पक्षलाई कारबाही गर्ने होडबाजी चलेको छ। पार्टी कानुनतः विभाजन नभएपनि एक पक्षले अर्को पक्षलाई आरोप–प्रत्यारोप लगाएर कारबाही गर्ने शृंखला भने रोकिनुको साटो बढेको छ। आइतबार मात्र निर्वाचन आयोगले नेकपाको विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ, ओली र प्रचण्ड दुवै अध्यक्ष रहेको नेकपा (विभाजनअघिको)लाई आधिकारिक मान्दै।
आइतबार प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई पार्टीको साधरण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको छ। यसअघि बसेको केन्द्रीय कमिटी बैठकले दिएको अधिकारलाई समेत प्रयोग गरेर यो पक्षले ओलीलाई साधारण सदस्यताबाट समेत हटाउने निर्णय गरेको हो।
Read full story at source (nepallive.com)
माधवकुमार नेपाल