‘खुदा गवाह’देखि अमिताभको कोठासम्म : मुस्ताङको ओम्स होमको कथा
nepalviews.com · Sun Aug 23 02:08:43 GMT 2026

जोमसोम । सन् १९९१ बलिउडको बहुचर्चित चलचित्र ‘खुदा गवाह’को कथा अफगानिस्तानको पृष्ठभूमिमा आधारित थियो । चलचित्रको कथाअनुसार अफगानिस्तानमै छायाङ्कन गर्नुपर्ने भए पनि त्यति बेला त्यहाँको आन्तरिक द्वन्द्वका कारण सुटिङ सम्भव भएन। त्यसपछि निर्माण टोलीले वैकल्पिक लोकेसनको खोजी थाल्यो ।
लामो लोकेसन हन्टिङपछि निर्देशक मुकुल आनन्दको नजर नेपालको दुर्मुगम क्षेत्र मुस्ताङमा पुग्यो । मुस्ताङको मरुभूमिजस्तो भूगोल, नाङ्गा पहाड र अफगानिस्तानसँग मिल्दोजुल्दो प्राकृतिक दृश्यले चलचित्रका लागि उपयुक्त स्थान भेटियो । अन्ततः जोमसोम, स्याङ, ठिनी लगायतका क्षेत्रलाई छायाङ्कनका लागि रोजियो। उपलब्ध अभिलेखहरूले पनि सन् १९९१ अक्टोबरमा ‘खुदा गवाह’को छायाङ्कन मुस्ताङमा भएको पुष्टि गर्छन् ।
Read full story at source (nepalviews.com)