इन्धनको मूल्य घटेपछि सस्तियो हवाइ भाडा
rajdhanidaily.com · Wed Jul 01 12:05:44 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा कम्पनीहरूले पनि हवाई भाडादर घटाएका छन्। बिहीबार राति निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाउने निर्णय सञ्चालक समितिबाट गराएको थियो। अब आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर २२९ रुपैयाँ छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारबाटै लागू हुने गरी घटेको फ्यूल सर्चार्ज कार्यान्वयन गराउन भन्दै सबै वायुसेवा कम्पनीहरूलाई पत्राचार गरेको छ। त्यसैलाई आधार बनाएर वायुसेवा सञ्चालकहरूले फ्यूल सर्चाजलाई समायोजन गर्दै भाडादर घटाएका हुन्।
Read full story at source (rajdhanidaily.com)