डीडीसीको चिज अब डोल्पामा
himalpress.com · Sun Aug 23 02:33:32 GMT 2026

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा याक चिज उत्पादन हुने भएको छ।
गाउँपालिका र दुग्ध विकास संस्थान (डीडीसी) बीच चिज उद्योग सञ्चालन तथा उत्पादनसम्बन्धी सम्झौता भएको छ। जगदुल्ला गाउँपालिका–४ मा रहेको भालु व्यावसायिक चौरी फर्ममा चिज उद्योग सञ्चालनका लागि भएको सम्झौताअनुसार डिडीसीले याक चिज उत्पादनसम्बन्धी तालिम तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ।
Read full story at source (himalpress.com)