बंगालको खाडीमा पनामाको झण्डा वाहक कार्गो जहाज डुब्यो, २२ जना बेपत्ता
nepalviews.com · Sun Aug 23 02:31:24 GMT 2026

एजेन्सी । बंगालको खाडीमा शनिबार पनामाको झण्डा बोकेको मालवाहक जहाज ‘ओसियन विनर’ डुबेको छ। जहाजमा चालक दलका २४ सदस्य सवार थिए। तीमध्ये दुई जनाको उद्धार गरिएको छ भने २२ जना अझै बेपत्ता छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार ओडिशाको पारादीप तटबाट करिब २४० नटिकल माइल (४४४ किलोमिटर) टाढा समुद्रमा जहाज दुर्घटनामा परेको हो। जहाजमा २० जना चिनियाँ, तीन जना म्यानमारका र एक जना बंगलादेशी नागरिक सवार थिए।
Read full story at source (nepalviews.com)