३ वर्षीय बालिका हत्याकाण्ड : न्याय पाउन काठमाडौं धाउनैपर्ने नियति
annapurnapost.com · Sun Aug 23 02:25:09 GMT 2026

सिमरा : बलात्कारपछि हत्या गरिएको जघन्य अपराधमा संलग्न अपराधीलाई हदैसम्मको कारबाहीको माग राख्दै बारा जितपुरसिमरा–१ का मनोज चौधरी र मनमती चौधरीले चार दिन सडकमै बिताए। आफ्नी तीन वर्षीया छोरी गरिमामाथि भएको क्रूर घटनामा संलग्न अपराधीलाई फाँसीकै सजाय हुनुपर्ने उनीहरूको माग रहँदै आयो।
घटनाले मुर्छित उनीहरूले अरू केही सोचेनन्। आफ्नी छोरीमाथि भएको जघन्य अपराधमा संलग्न दोषीलाई उस्तै सजाय होस् भन्ने उनीहरूको आक्रोश थियो। उनीहरूले सरकारसँग यस्तो कानुन मागिरहे, जसले अबका दिनमा अन्य छोरीहरूले गरिमाको जस्तो नियति भोग्न नपरोस्। सजायको डरले भए पनि यस्तो घटना पूर्णरूपमा नियन्त्रण होस् भन्ने चाहना उनीहरूको थियो।
Read full story at source (annapurnapost.com)