सेवा प्रवाहमा सुदृढ गर्दै गुल्मी प्रशासन
gorkhapatraonline.com · Sun Aug 23 02:37:49 GMT 2026

जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवा प्रवाहमा सुदृढ गर्दै आएको छ। यस प्रशासन कार्यालयले सर्वसाधारण नागरिकलाई प्रदान गरिने प्रशासनिक सेवालाई थप छिटो, छरितो र सेवाग्राहीमैत्री बनाउन विभिन्न प्रयासहरु गर्दै आएको छ।
प्रशासनले सेवाग्राहीको सहजताका लागि एकीकृत सहजीकरणको प्रशासनबाट एकद्वार प्रणाली लागू गर्नुका साथै नयाँ व्यवस्थासमेत लागू गरेको छ। आगामी सोमबार भदौ ८ गतेदेखि लागू हुने गरी राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्नुअघि भरिने पूर्व–दर्ता फाराम जिल्ला प्रशासन कार्यालयबाटै निःशुल्क रूपमा भरिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो।
Read full story at source (gorkhapatraonline.com)