लखेटिएकै ठाउँमा फर्किए विस्थापित
annapurnapost.com · Sun Aug 23 02:44:44 GMT 2026

नेपालगन्ज : कोलहपुर नगर विकास समितिको जग्गाबाट हटाइएका विस्थापितहरू पुनः सोही जग्गा नियन्त्रणमा लिएर बसोबास गर्न थालेका छन्। स्थानीय सरकारले वैशाख २६ र २७ गते नेपाल प्रहरी र सशस्त्र प्रहरीको बलमा नगर विकास समितिको जग्गामा बनेका ७ सय ५१ वटा घरटहरा भत्काएको थियो। तर, तीन महिना बित्दा पनि आफूहरूको व्यवस्थापनमा सरकारले ध्यान नदिएको भन्दै उनीहरू शनिबार पुरानै स्थानमा फर्केका हुन्।
विस्थापितहरूले शनिबार झरी परिरहेकै बेला सुरक्षाकर्मीसँग लड्दै र भिड्दै नगर विकास समितिको जग्गामा त्रिपाल टाँगेका छन्। विस्थापितले त्रिपाल टाङ्गने र सुरक्षाकर्मीले भत्काउने क्रम धेरैबेर चलेको थियो । तर, सुरक्षाकर्मी फर्केपछि रूपा परियार सँगै अन्य धेरै जनाले टेन्ट गाडे। पुरानो बस्तीमा फर्किएकी लालमती पुनले भनिन, ‘यहाँ नबसे कहाँ जाने ? कि त हामीलाई ठाउँ देखाइ दिुनु पर्यो।’
Read full story at source (annapurnapost.com)