गल्याङमा बन्यो स्याङ्जाकै लामो झोलुङ्गे पुल
gorkhapatraonline.com · Sun Aug 23 02:57:43 GMT 2026

गल्याङ नगरपालिकामा जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छ। गल्याङ नगरपालिका–११ बुढाथोकीडाँडा र वडा नं. ७ सेनापुकलाई जोड्ने ४४४ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो। यसअघि करादीमा निर्माण भएको झोलुङ्गे पुलभन्दा गल्याङमा निर्माण भएको पुल ७६ मिटर लामो रहेको छ।
नगरपालिकाको पहलमा सङ्घीय सरकारको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाडौंमार्फत चार करोड ५६ लाख ५८ हजार २४८ रुपियाँ ६० पैसाको लागतमा पुल निर्माण गरिएको नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो।
Read full story at source (gorkhapatraonline.com)