छोराको हत्या भएको खबर सुनेको केही घण्टामै आमाको मृत्यु, बाबु स्वदेश फर्किँदै
barnanmedia.com · Sun Aug 23 02:50:30 GMT 2026

काठमाडाैं । काठमाडौंमा २२ वर्षीय छोराको हत्या भएको खबर सुनेको केही घण्टामै दाङमा उहाँकी आमाको मृत्यु भएको छ । दुई छोरालाई पढाउन तथा परिवारको खर्च धान्न रोजगारीका लागि मलेसिया पुग्नुभएका घोराही उपमहानगरपालिका–१७ का रोमहर्श कालाथोकीमाथि एकैपटक छोरा र श्रीमती गुमाउनुपर्ने बज्रपात परेको छ ।
रोमहर्शका जेठा छोरा २२ वर्षीय वसन्त कालाथोकीको दुई दिनअघि काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा हत्या भएको थियो । घटनाको खबर घरमा रहनुभएकी उहाँकी आमा ३८ वर्षीया बिना कालाथोकीले थाहा पाएपछि सोही दिन दिउँसो करिब ३ बजेतिर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (barnanmedia.com)