इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई यात्रुका लागि नयाँ भाडादर लागू
nepalviews.com · Wed Jul 01 12:13:37 GMT 2026

काठमाडौं । हवाई इन्धनको मूल्य घटेपछि नेपालका आन्तरिक उडानको टिकट मूल्य पनि समायोजन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार फ्युल सरचार्ज (इन्धन शुल्क) घटाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बुधबार नयाँ फ्युल सरचार्ज दर सार्वजनिक गर्दै भाडा समायोजन गरेको हो ।
प्राधिकरणका अनुसार ट्रंक सेक्टरका लागि इन्धन शुल्क निर्धारण गर्ने आधार मूल्य प्रतिलिटर रु. २६९ बाट घटेर रु. २२९ मा झरेपछि फ्युल सरचार्जमा १४.८७ प्रतिशत (रु. ४०) ले कमी गरिएको हो।
Read full story at source (nepalviews.com)