सामसङमा कर्मचारीहरूको हडताल, एक दिन ठप्प हुँदा पनि ६७ करोड डलरको घाटा
clickmandu.com · Sun May 17 07:00:48 GMT 2026

एजेन्सी । दक्षिण कोरियाले देशको सबैभन्दा ठूलो रोजगारदाता सामसङ इलेक्ट्रोनिक्समा हुन सक्ने मजदुर हडताल रोक्न र कामकाज ठप्प हुने गरी हडताल भएमा त्यसबाट हुने क्षति न्यूनीकरण गर्न आपतकालीन मध्यस्थता सहितका सबै विकल्पहरू अवलम्बन गर्ने त्यहाँका प्रधानमन्त्रीले आइतबार बताएका छन् ।
विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप निर्माता र यसको दक्षिण कोरियाली मजदुर युनियनले सरकारी मध्यस्थकर्ताको उपस्थितिमा सोमबारदेखि पुनः तलब सम्बन्धी वार्ता सुरु गर्नेछन् । यस कदमले देशको कुल निर्यातको झन्डै एक चौथाइ हिस्सा ओगट्ने यस प्रविधि क्षेत्रको विशाल कम्पनीमा हुन सक्ने विनाशकारी हडतालको चिन्तालाई घटाउन सक्छ ।
Read full story at source (clickmandu.com)