चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया सडक खुल्यो
gorkhapatraonline.com · Sun Aug 23 03:36:17 GMT 2026

तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर चार दिनदेखि अवरुद्ध वीरगन्ज–पथलैया औद्योगिक करिडोर सडकखण्ड खुलेको छ। पीडित परिवार र सरकारबिच नयाँ सहमति भएपछि आन्दोलनरत पक्षले सडक अवरोध हटाएको हो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले चार दिनदेखि बन्द सडक आइतबारदेखि सञ्चालनमा आएको जानकारी दिनुभयो। सडक खुलेसँगै वीरगन्ज–पथलैया सडकखण्डमा रोकिएका सवारीसाधन पुनः सञ्चालनमा आएका छन्।
Read full story at source (gorkhapatraonline.com)