‘स्थानीय तह परिचालन भएनन्’ भनेका मन्त्रीलाई क्रान्तिशिखाको जवाफ : दोषारोपण गर्नु नाजायज
himalpress.com · Wed Sep 02 01:42:51 GMT 2026

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले विपद्का बेला प्रभावित स्थानीय तहलाई दोषारोपण गर्न नहुने बताएकी छन्। धितालले मंगलबार सामाजिक सञ्जालमार्फत काठमाडौंमा बसेर प्रभावित स्थानीय तहको सक्रियतामाथि प्रश्न उठाउनु उचित नहुने बताएकी हुन्। उनले बाढीबाट प्रभावित स्थानीय तह आफैं विपद्को चपेटामा परेको भन्दै त्यहाँका जनप्रतिनिधि र संयन्त्रबाट तत्काल पूर्ण क्षमतामा कामको अपेक्षा गर्नु न्यायोचित नहुने उल्लेख गरेकी छन्।
यसअघि पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढीपछि स्थानीय तह स्वतः परिचालन हुन नसकेको दाबी गरेका थिए। मन्त्री लम्सालले संघीय सरकारसँग आवश्यक समन्वय नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। त्यसको जबाफस्वरूप धितालले स्थानीय तह आफैँ पीडित हुन् भनेकी छन्।
Read full story at source (himalpress.com)