वैदेशिक रोजगारीका अधिकांश उजुरी फस्र्योट
gorkhapatraonline.com · Sun Aug 23 03:48:19 GMT 2026

वैदेशिक रोजगार विभागले उजुरी फस्र्योटलाई गति दिएको छ । विभागले पछिल्लो एक महिनामा वैदेशिक रोजगारीका व्रmममा पीडितबाट आएका उजुरीमध्ये अधिकांश फस्र्योट गरेको हो । विभागका अनुसार कुल उजुरीमध्ये ८६ प्रतिशत फस्र्योट भएको छ । विभागले साउन १ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत दर्ता भएका ३८१ वटा उजुरीमध्ये २८८ प्रभावित श्रमिकलाई सात करोड ८१ लाख ५६ हजार ५४० रुपियाँ फिर्ता गराएको छ ।
विभागका अनुसार राहत तथा उद्धार अन्तर्गत २६ जना नेपाली श्रमिकको उद्धार गरिएको छ भने ५४ जना प्रभावित श्रमिकले एक करोड पाँच लाख ७६ हजार रुपियाँ क्षतिपूर्ति लिएका छन् । विभागका अनुसार साउनमा वैदेशिक रोजगारसँग सम्बन्धित व्यक्तिगततर्फका ६०८ वटा नयाँ मुद्दा दर्ता भएको र ती सबै अनुसन्धानको प्रव्रिmयामा छन् ।
Read full story at source (gorkhapatraonline.com)