चार दिन पछि खुल्यो वीरगञ्ज-पथलैया सडक खण्ड
nagariknews.nagariknetwork.com · Sun Aug 23 04:03:01 GMT 2026

सिमराका तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा गत बुधबार देखि पुर्ण रुपले ठप्प रहेको वीरगञ्ज-पथलैया सडक खण्डमा आज बिहानै देखि गाडीहरू चल्न थालेका छ्न्।
गरिमाको बुवा,आमा र नेपाल सरकारको गृहमन्त्री लगाएत सम्बन्धि मन्त्रीसगहरुको सहमति पछि धर्ना र बिरोधको कार्यक्रमलाई शनिबार रातिदेखि फिर्ता गरिए पछि आज बिहानै देखि सडकमा गाडीहरू चल्न थालेका हुन्। गरिमाको घटनामा संलगन रहेकालाई फासीको माग गर्दै वीरगञ्ज-पथलैया सडक खण्डको सिमरा दशधुरे अगाडि पीडित परिवार र स्थानीयहरुले सडक मै टेन्ट टाँगेर बुधबार बिहान देखि सडक अवरुद्ध गरेर प्रदर्शन गर्दै आएका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)