दीपाश्रीलाई दीपकको भावुक शुभकामना: तिमीजस्तो प्रिय साथी मसँग छ भन्दा आँखाभरि आँसु छल्किन्छ
ratopati.com · Sun Aug 23 04:09:27 GMT 2026

काठमाडौँ । कलाकार दीपकराज गिरीले दीपाश्री निरौला जस्तो साथी आफूसँग छ भन्दा आँखा भरि आँसु छल्किने बताएका छन् । हालै ब्रेन ट्युमरको शल्यक्रिया गरेकी दीपाश्रीको हिम्मतको चर्चा गर्दै उनले सामाजिक सञ्जालमा एक भावुक सन्देश सहित जन्मदिनको शुभकामना दिएका हुन् ।
दीपकका अनुसार, मस्तिष्कको शल्यक्रिया भएको केही घण्टापछि आइसीयूमा होसमा आउने बित्तिकै दीपाश्रीले नर्ससँग आफ्नो श्रृङ्गारका सामान मगाएकी थिइन् । चिटिक्क परेर बस्दै उनले भनेकी थिइन्, ‘म बिरामीजस्तो देखिनु हुन्न, मलाई देखेर अन्य बिरामीमा समेत ऊर्जा आउनुपर्छ, बाँच्ने चाहना जाग्नुपर्छ ।’ दीपाको यो वाक्यले आफूलाई अझै पनि झकझक्याइरहने उनले उल्लेख गरेका छन् ।
Read full story at source (ratopati.com)