बलात्कारबारे पुरानो अन्तरवार्ताप्रति के भनिन् मन्त्री गौतमले ?
barnanmedia.com · Sun Aug 23 04:07:41 GMT 2026

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीन वर्षीया बालिका गरिमाको बलात्कारपछि भएको हत्याको घटनाले राज्य र समाजको चेतनामाथि गम्भीर प्रश्न उठाएको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत एक लामो र सन्देश जारी गर्दै उनले जघन्य अपराधका घटनामा सजाय पुनरावलोकन गर्न 'गरिमा न्याय संकल्प समिति' गठन गरिएको जानकारी दिइन् ।
मन्त्री गौतमका अनुसार, जघन्य आपराधिक घटनाका सम्बन्धमा विद्यमान कानुनी व्यवस्थामा रहेका कमजोरी हटाउन र कडा दण्ड निर्धारणका लागि सुझाव दिन ७ सदस्यीय समिति गठन गरिएको छ। सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको यो समितिले नागरिकको अपेक्षा सम्बोधन हुने गरी कानुन तर्जुमाको आधार तयार पार्नेछ। हिजो साँझ मृतक बालिकाका आमाबुबासँगको भेटपछि मन्त्रालयले यो निर्णय लिएको हो।
Read full story at source (barnanmedia.com)