नआत्तिनुस्, भूमिहीनलाई जग्गा दिन्छौँः मन्त्री रावल
gorkhapatraonline.com · Sun Aug 23 04:21:18 GMT 2026

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले भूमिहीनलाई जग्गा दिने काम गरिरहेका बेला भूमिहीनलाई हटाउँदैछ भन्ने त्रास फैलाइएको बताउनुभएको छ। शनिबार बेलुका टीकापुर नगरपालिका–१ स्थित एकतानगर सुकुम्वासी बस्ती पुग्नुभएकी मन्त्री रावलले सरकार भूमिहीनको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
‘‘सरकारले अबको ५०० दिनभित्र सबै भूमिहीनको समस्या समाधान गर्छ। म मन्त्री भएको दिनदेखि नै यसमा काम गरिरहेकी छु,’’ मन्त्री रावलले भन्नुभयो, ‘‘यसैबिच सरकारले सुकुम्वासीलाई हटाउँदैछ भन्ने हल्ला चलेको छ। सरकार काम गर्दैछ, नआत्तिनुस् भन्न आएकी हुँ। त्रासको वातावरण नहोस्। बसेको ठाउँबाट कसैले हटाउन सक्दैन, पाउनुपर्नेले लालपुर्जा पाउनुहुन्छ।’’
Read full story at source (gorkhapatraonline.com)