अमेरिकी ट्यारिफको जवाफमा ५० प्रतिशत ट्यारिफ लगाउँदै क्यानडा
ratopati.com · Sun Aug 23 04:33:40 GMT 2026

ओटावा । अमेरिकाले क्यानडाबाट आयात हुने करिब २० अर्ब डलर बराबरका सामानमा ५० प्रतिशत शुल्क लगाएपछि क्यानडाले पनि त्यसको प्रतिकारमा ‘डलर बराबर डलर’ शुल्क लगाउने घोषणा गरेको छ । क्यानडासँगको व्यापार सम्झौताको प्रयास असफल भएपछि अमेरिकाले तीन दिन पर सारेको ट्यारिफ शनिबारदेखि लागू भएको थियो ।
यसको जवाफमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले जस्तालाई तस्तै गर्दै अमेरिकाबाट आयात हुने विभिन्न वस्तुमा समान दरमा प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरे । क्यानडाको नयाँ शुल्क आगामी सेप्टेम्बर ८ देखि लागू हुनेछ । यो स्टिल, दुग्धजन्य पदार्थ, विद्युतीय तथा घरेलु उपकरण, कृषि उपकरण, पल्प तथा कागज र इलेक्ट्रोनिक्सलगायत वस्तुमा लागू हुने जनाइएको छ ।
Read full story at source (ratopati.com)