इतिहासको कठघरामा कांग्रेस
annapurnapost.com · Sun Aug 23 04:26:02 GMT 2026

अहंकारको घोडामा चढेर कांग्रेसको भविष्यको सुरक्षित यात्रा तय हुँदैन। अब गगन थापा र शेरबहादुर देउवा दुवैले आफ्नो हठ त्याग्नैपर्छ।
समयको निष्ठुर हुरीले यतिबेला एउटा विशाल र पुरानो वटवृक्षका पातहरू मात्र झारिरहेको छैन, त्यसका गहिरा जराहरूलाई नै निर्ममतापूर्वक हल्लाइरहेको छ। हो, त्यो वटवृक्ष जसलाई हामी ‘नेपाली कांग्रेस’ भन्छौं। २००३ सालको क्रान्तिगर्भबाट जन्मिएको, नेपालको लोकतान्त्रिक इतिहासको सबैभन्दा लामो साक्षी बनेको र बीपी कोइरालाको समाजवादी सपनाको संवाहक ठानिएको यो पार्टी, आज आफ्नै अहंकार र गुटगत स्वार्थको भग्नावशेषमा उभिएर बिलौना गरिरहेको छ। विचारको राजनीतिमा हुर्केको कांग्रेस आज कुर्सीको खेलमा यसरी फसेको छ कि, हेर्दा लाग्छ– यसको छातीभित्र धडकने लोकतन्त्रको मुटुले विस्तारै आफ्नो धड्कन बिर्सिंदैछ।
Read full story at source (annapurnapost.com)