माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु
annapurnapost.com · Sun Aug 23 04:34:31 GMT 2026

नवलपुर : नवलपुरको देवचुली-१५ सालघारी स्थित लोकाहा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आइतबार बिहान एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका-१ घर भई हाल देवचुली नगरपालिका-१५ बस्दै आएका सूर्यबहादुर थापा रहेका छन्। खोलामा गैरकानुनी रूपमा बिजुलीको पोलबाट तार तानेर करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल पण्डितले बताए।
Read full story at source (annapurnapost.com)