पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
ratopati.com · Sun Aug 23 04:40:27 GMT 2026

पोखरा । पोखरामा मोटर साइकल दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १८ लामागाउँमा भएको दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् ।
ग२०प ६०९४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो । पोलमा ठोक्किएपछि पनि गुडिरहेको बसमा ठोक्किएको प्रहरीले जनाएको छ।
Read full story at source (ratopati.com)