रामग्राममा कक्षा ११ र १२ का छात्राको शुल्क नगरपालिकाले तिरिदियो
gorkhapatraonline.com · Sun Aug 23 04:41:26 GMT 2026

नवलपरासीको रामग्राम नगरपालिकाले सरकारी विद्यालयमा कक्षा ११ र १२ अध्ययनरत छात्रालाई निःशुल्क अध्ययनका लागि १८ लाख ८५ हजार रुपियाँ शैक्षिक शुल्कबापत उपलब्ध गराएको छ। छात्रालाई उच्च शिक्षातर्फ आकर्षित गर्ने तथा आर्थिक अभावका कारण पढाइ छाड्नुपर्ने अवस्था न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले नगरभित्र कक्षा १२ सम्म सञ्चालन भएका चार विद्यालयका ३७७ छात्रालाई उक्त रकम उपलब्ध गराएको हो।
नगरपालिकाको शिक्षा शाखाका अनुसार उक्त रकम सम्बन्धित विद्यालयमा निकासा गरी छात्राको शैक्षिक शुल्कमा खर्च गर्न विद्यालयलाई पत्राचार गरिएको छ। आदर्श माध्यमिक विद्यालय, परासीका १६८, पवन माध्यमिक विद्यालय, परासीका १४६, जनता माध्यमिक विद्यालय, डैनहवाका ३५ र जनता माध्यमिक विद्यालय, शुक्रौलीका २८ छात्रा यसबाट लाभान्वित भएका छन्।
Read full story at source (gorkhapatraonline.com)