सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी
khabarhub.com · Sun Aug 23 04:40:32 GMT 2026

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त पीडित ऋणीहरू सरकारसँग सहमति भएपछि शुक्रबार आ-आफ्नो घर फर्किएका छन्।
नेपाल सरकार र ऋणीका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि उनीहरूले धर्ना कार्यक्रम स्थगित गरेका हुन्। सहमतिलगत्तै सरकारले साझा यातायातको बस व्यवस्था गरी ऋणीलाई गन्तव्यतर्फ पठाएको प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
Read full story at source (khabarhub.com)