मुक्तिनाथ दर्शनपछि प्रधानमन्त्री शाह काठमाडौँ फर्किनुभयो
gorkhapatraonline.com · Sun Aug 23 04:45:25 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाह आइतबार बिहान ९ः५० बजे मुस्ताङबाट काठमाडौँ फर्किनुभएको छ। शनिबार राति पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुग्नुभएका प्रधानमन्त्री शाह एक रात मुस्ताङमा बसेर फर्किनुभएको हो।
मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्री शाह घरपझोङ गाउँपालिका–३, जोमसोम बजारस्थित मुस्ताङी तथा थकाली मौलिक संस्कृति झल्किने परम्परागत वास्तुकलामा निर्मित होटल ओम्स होममा बस्नुभएको थियो। पाँच दशकअघिदेखि विष्णु राज र श्रीमती लालकुमारी हिराचनले सञ्चालन गर्दै आउनुभएको उक्त होटलमा प्रधानमन्त्री शाहले एक रात बिताउनुभएको थियो।
Read full story at source (gorkhapatraonline.com)