कागजी तयारीमै सीमित विपद् व्यवस्थापन
annapurnapost.com · Sun Aug 23 05:10:53 GMT 2026

बुटवल : पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांकअनुसार देशभर मनसुनजन्य विपत्तिबाट कुल १ हजार ४ सय २७ जनाको ज्यान गएको छ। बाढी, पहिरो, अविरल वर्षा र चट्याङजस्ता विपत्तिबाट नागरिकहरू पीडित हुनुपरेको छ। विपत्तिको प्रमुख कारण बाढीपहिरो बनेको छ। आर्थिक वर्ष २०७८/७९ देखि चालू आर्थिक वर्ष २०८३/८४ को भदौ २ गतेसम्मको तथ्यांक हेर्ने हो भने मनसुनजन्य विपत्तिमा परेर नागरिकको ज्यान जाने प्रमुख कारणका रूपमा पहिरो देखिएको छ। यो पनि धेरैजसो पहाडी क्षेत्रमा बढी छ। पाँच आर्थिक वर्षमा कुल १ हजार ४ सय २७ जना नागरिकको मनसुनजन्य विपत्तिबाट ज्यान गएको छ। त्यसमध्ये पहिरोबाट मात्रै ७ सय ५३ जना नागरिकले ज्यान गुमाएका छन्।
चट्याङ लागेर मात्रै २ सय ९१ को ज्यान गयो
Read full story at source (annapurnapost.com)