अतिक्रमणमुक्त गराइँदै पोेखरी
gorkhapatraonline.com · Sun Aug 23 05:21:16 GMT 2026

मधेश प्रदेशको राजधानी जनकपुरधामको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेका पोखरीको अतिक्रमण खाली गराउने अभियान शनिबारदेखि सुरु भएको छ । गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिको पहल, जनकपुरधाम उपमहानगरपालिका र स्थानीय प्रशासनको सहयोगमा पोखरीको अतिक्रमणमुक्त गराउने अभियान सुरु गरिएको गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्यसचिव जनक पोखरेलले जानकारी दिनुभयो ।
उहाँले अतिक्रमित पोखरीको रेखाङ्कन सकिसकेका जनकपुरधामको गोरधई, मुर्लिसर, बिसहरा, अङ्गराजसर, रत्नसागर दिर्घिकासर र दशरथ तलाउ गरी सात वटा पोखरीको अतिक्रमित डिलमा डोजर चलाएर अतिक्रमणमुक्त गराइएको जानकारी दिनुभयो । उहाँले अतिक्रमण हटाउने क्रममा कच्ची, आंशिक पक्की गरी ६५ वटा घरटहरा हटाउने काम भएको बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)